नेपाल भित्र वा बाहिर विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण ओली बन्धु-बान्धवहरुको बिचमा आपसी परिचय, सद्भाव, एकता, समन्वय, सहयोग र भाइचाराको सम्बन्ध विकास गर्दै वंशको इतिहास, धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई समेत बदलिदो परिस्थिति अनुरुप सम्मान र संरक्षण गर्दै वंशका साथै समुदाय, समाज र राष्ट्रको समेत उन्नति र प्रगतिमा सहयोग पुर्याउने मुख्य लक्ष्य सहित ओली वंश समन्वय समितिको स्थापना भएको हो ।
क. ओली परिवारका सदस्यहरु बिच पारस्पारिक परिचय आदन प्रदान गर्ने
ख. ओली परिवार बिच समन्वय, सहयोग र सद्भाव बृद्धि गर्ने
ग. ओली वंशको इतिहास खोजि गरि वंशावली तयार गर्ने
घ. धार्मिक, सांस्कृतिक र सामाजिक परंम्परा आदर्श, मूल्य र मान्यतालाई संरक्षण र सम्बद्र्धन गर्न आवश्यक कार्यक्रम तर्जुमा गर्ने, लागु गर्ने
ङ. ओली वंशको आर्थिक सामाजिक र सांस्कृतिक परम्परा, वौद्धिक र शैक्षिक उत्थानका लागि उपयुक्त वातावरण सृजना गरी कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने
च. बृहत्तर रुपमा सामाजिक एवम राष्ट्रिय हितका कल्याणकारी कार्यहरु सम्पादन गर्ने.
नेपाल भित्र वा बाहिर विभिन्न स्थानमा छरिएर रहेका सम्पूर्ण ओली बन्धु-बान्धवहरुको बिचमा आपसी परिचय, सद्भाव, एकता, समन्वय, सहयोग र भाइचाराको सम्बन्ध विकास गर्दै वंशको इतिहास, धर्म, संस्कृति, रितिरिवाज र परम्परालाई समेत बदलिदो परिस्थिति अनुरुप सम्मान र संरक्षण गर्दै वंशका साथै समुदाय, समाज र राष्ट्रको समेत उन्नति र प्रगतिमा सहयोगमा सकृय हातेमालो गर्न
ओली वंशावलीहरुले ओली वंश समन्वय समितिका क्षेत्रीय संयोजक मार्फत वा सिधै कार्यालयमा सम्पर्क गरि वंश विवरण फारम प्राप्त गरि विवरण भर्नुहोस । उक्त विवरण माथि आवश्यक प्रकृया पश्चात यहाँलाई आवद्धताको जानकारी प्रदान गरिनेछ ।
ओली वंश समन्वय समिति झापा का केन्द्रहरु (सम्पर्क व्यकति) एवं पदाधिकारी विवरणका लागि निम्न लिंकमा click गर्नुहोला ।
http://obssjhapa.org.np/committee.php
ओली वंश समन्वय समिति झापा मा वंशावली विवरण हेर्न निम्न वुदा अनुसार गर्नुहोला ।

१. ओली वंश समन्वय समिति झापाको आधिकारिक वेब पोर्टल http://obssjhapa.org.np लगइन गर्नुहोस ।
२. आधिकारिक वेब पोर्टलको Menu मा रहेको वंश विवरण सूची (Ver 1.03) मा click गर्नुहोस ।
३. वंश विवरण सूची खुलेपछि मुख्य भागमा रहेको Search box मा व्यक्तिगत वंश विवरण PIN वा अन्य विवरण लेखी खोज्नुहोस ।
४. पूर्ण विवरणका लागि वंश विवरण सूची को Menu मा रहेको कृपया PIN लेख्नुहोस लेखिएको box मा व्यक्तिगत वंश विवरण PIN लेखी विवरण हेर्नुस भन्ने button मा click गर्नुहोस ।

[नोटः यो भाग निर्माणाधिन अवस्थामा छ ।]

ओली वंश समन्वय समिति झापा मा नयाँ ओली बन्धु विवरण कसरी थप गर्न सर्वप्रथम तपाईं ओली वंश हुनु पर्दछ ।
ओली वंश समन्वय समिति झापा का क्षेत्रीय संयोजक (सम्पर्क व्यकति)हरुलाई सम्पर्क गरी वंश विवरण फारम भर्नुहोस । क्षेत्रीय संयोजक विवरणका लागि यहाँ click गर्नुहोला ।
अथवा तपाईं विदेशमा हुनु हुन्छ वा इन्टरनेटको पहुचमा हुनु हुन्छ भने, http://obssjhapa.org.np/register.php मा click गरि Online फारम भर्न सक्नु हुनेछ ।
यदि तपाईं देश/ विदेश जहाँ बए पनि ओली वंश समन्वय समिति झापालाई सहयोग गर्न चाहनु हुन्छ भने निम्न लिखित माध्यमबाट सहयोग गर्न सक्नु हुनेछ ।
बैंकको नाम/ शाखा खाता नं Swift Code कैफियत
- - - -
obssjhapa@gmail.com

ओली वंश समन्वय समिति झापा
जिल्ला कार्यसमिति झापा

विर्तामोड पुरानो भद्रपुर रोड, आदर्श टोल
ओली वंश भवन, विर्तामोड नपा वडा नं ४, झापा, नेपाल

: (023)(023) 520273 / +977985267883

: obssjhapa@gmail.com

: Sun - Fri: 10:00 AM to 4:00 PM